कास्की- पोखराको फेवातालबाट ७ जनाको सकुशल उद्धार भएको छ। सशस्त्र प्रहरीको टोलीले उनीहरुको उद्धार गरेको हो।
एक्कासी आएको हावाहुरी र छालका कारण तालको बीचमा बोटिङ गरिरहेका तर समस्यामा परेका उनीहरुलाई उद्धार गरिएको हो।
उद्धार हुनेमा काठमाडौंबाट आएका आन्तरिक पर्यटक वर्ष २७ का विनोद आर्याल, वर्ष २१ की सविना महर्जन, २१ वर्षीय अजित महर्जन, २३ वर्षीया जरिना महर्जन, २२ वर्षिया जिनी महर्जन छन्।
यसैगरी, पोखरा महानगरपालिका ३ नदिपुर बस्ने २२ वर्षीय टाईगर गुरुङ र वडा नं. १७ छोरेपाटन बस्ने २५ वर्षीय रोनाल मगरलाई एपीएफ टोलीले सो तालबाट सकुशल उद्वार गरेको हो।
सशस्त्रका प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्टको नेतृत्वमा उनीहरुको उद्धार भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।