जनकपुर- मधेशी आयोगले प्रदेश २ का विभिन्न जिल्लाहरुमा मधेशी जनताको समस्या र समाधानबारे अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रममा सम्पन्न गरेको छ।
मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको अध्यक्षतामा प्रदेश-२ को धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सिराहा तथा सप्तरीमा आयोगले नागरीक समाज, जनप्रतिनीधि, प्रशासनिक निकाय तथा पत्रकारहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको हो। अध्यक्षको पदवहाली गरेको २ महिना नबित्दै आयोगले आफ्नो काम तीव्र गतिमा अगाडी बढाएको छ।
आयोगका अध्यक्षले अब प्रदेश–१ को विराटनगर गएर अन्तरक्रियात्मक कार्यक्रम गर्ने तालिका रहेको उनका निजी सचिवालय सदस्य शिवाङ दत्तले जानकारी दिए।
मधेशी आयोगले मधेशी समुदायका व्यक्ति माथी कुनै प्रकारको हिंसा, दुर्व्यवहार वा अपाराधिक घटना घटेको छ वा घटिरहेको छ भने यथाशिघ्र आयोगमा उजुरी दिन अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।