• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बजेट अभावले खाँडो खोला नियन्त्रण आयोजना प्रभावित, आधा समय सकिँदा २० प्रतिशत काम

वर्षा लागेसँगै निदाउन छोडे सर्वसाधारण, तिलाठी उच्च जोखिममा
64x64
नेपाल लाइभ बुधबार, जेठ १५, २०७६  ०६:०५
1140x725

राजविराज– सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–३ सकरपुराका रामचलितर मालीको मनमा एक महिनाअघिदेखि छटपटी सुरु भएको छ। नत उनी बिरामी छन्, न  कुनै अप्रिय घटना नै भएको छ। तर, अनुहार मलिन छ, हाँसो पनि बनावटीझैं लाग्छ। सबैसँग सहज व्यवहार गर्ने उनी हिजोआज उदास छन्। के गरौं, कसो गरौं भन्ने हुटहुटी छ। तर केही गर्न नसक्दा निराश छन्।

रामचलितर यति बिघ्न अशान्त हुनुको एउटै कारण हो, घर छेउबाट बगेको खाँडो खोला। 

चुरे क्षेत्र हुँदै बग्ने खाँडोमा आउने बाढीले हरेक वर्ष धनजनको क्षति गर्छ। तर, वर्षौं बितिसक्दा पनि खाँडो नियन्त्रण हुन सकेन। यस वर्ष पनि वर्षा सुरु भइसकेकाले कुनै अनिष्ट हुने हो कि भन्ने चिन्ताले रामचलितर चिन्तित छन्।

‘हरेक वर्ष बाढी आउँदा घर छोडेर हिँड्नुपर्छ, लाखौंका सामान खोलाले बगाउँछ,’ रामचलितर भन्छन्, ‘रातारात भाग्नुपर्दा कसले साथ छोड्ने हो त्यसको एकिन हुँदैन।’ यो वर्षा कसरी बित्ला भन्ने चिन्ताले भोकतिर्खा हराएको उनी सुनाउँछन्। 

२०७४ सालको बाढीमा गाउँ नै विस्थापित भएको घटना उनको मनमा ताजा छ। ‘त्यसबेला बाढीले घर डुबाएपछि १५/२० दिन आफन्तकोमा बस्यौं,’ घटना सम्झँदै उनले भने, ‘गत वर्ष पनि वर्षाका तीन महिना त्रासमै बिते। तर, बाढी आएन र जसोतसो बाँचियो।’

रामचलितर उदाहरण मात्रै हुन्, समस्या विकराल छ। तिलाठी–कोइलाडी गाउँपालिकाको लौनियाँ, देउरी भरुवा, रम्पुरा मल्हनियाँ, तिलाठी, सकरपुरालगायत आधा दर्जनभन्दा बढी बस्ती बाढीको उच्च जोखिममा छन्। यस क्षेत्रका सर्वसाधारण अहिले ढुक्कसँग बस्न र निदाउन छोडेका छन्।

०७३ सालमा बाढीका कारण सप्तरीमा मात्रै ५ जनाले ज्यान गुमाए। खाँडो खोलाकै बाढी गाउँ पस्न थालेपछि बाँध बनाउने क्रममा खोलाले बगाएर राजविराज १५, देउरी भरुवाका ६० वर्षीय डोमी यादवको ज्यान गयो। ३१ हजार १७० घरपरिवार प्रभावित भए, डेढ अर्बभन्दा बढीको क्षति भयो। खाँडो, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरी लगायतका खोला सप्तरीका लागि प्रमुख समस्या हुन्। ‘यी सबै खोलामा बाढीको प्रवाह रोक्ने गरी दुवै किनारमा मजबुत तटबन्ध आवश्यक छ,’ स्थानीयवासी भन्छन्, ‘तर, त्यो स्तरमा हालसम्म काम हुन सकेको छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

बजेट अभावले नियन्त्रण आयोजना प्रभावित
हरके वर्ष बाढीका कारण सर्वसाधारण आतंकित हुन थालेपछि सरकारले खाँडो नियन्त्रण गर्न आयोजना नै सञ्चालन गरेको छ। तत्कालीन सिँचाइमन्त्री उमेशकुमार यादवको जोडबलले सुरु भएको आयोजना बजेट अभावले प्रभावित भएको छ।

आर्थिक वर्ष २०७२/७३ मा खाँडो नियन्त्रण गर्न २ अर्ब २५ करोड ८२ लाख ३३ हजारको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) बन्यो। २०७३/७४ मा राजविराजमै आयोजनाको कार्यालय स्थापना भएको छ। तर, २०७८/७९ सम्म सम्पन्न गर्नुपर्ने कामको प्रगति भने हालसम्म २० प्रतिशत मात्रै छ।

बजेट अभाव र अन्य विभिन्न अवरोधका कारण कामले गति लिन नसकेको आयोजना प्रमुख (सिनियर डिभिजनल इन्जिनियर) विष्णुदेव यादव बताउँछन्। ‘दुवै किनारमा १२ दशमलव ५ किलोमिटर गरी कुल २५ किलोमिटर तटबन्ध बनाउनुपर्ने डिपिआरमा उल्लेख छ,’ यादव भन्छन्, ‘तर, डिपिआर अनुसारको रकम निकासा नभएर काम प्रभावित भएपछि हामी पनि चिन्तित भएका छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डिपिआर अनुसार आव ०७२/७३ मा ३९ करोड ६५ लाख ३२ हजार, ०७३/७४ मा ३४ करोड ६८ लाख २८ हजार, ०७४/७५ मा ३४ करोड ६८ लाख २८ हजार, ०७५/७६ मा ३७ करोड ५५ लाख ५३ हजार निकासा हुनुपर्ने थियो। ०७६/७७ मा ३२ करोड ७५ लाख ६९ हजार, ०७७/७८ मा २५ करोड २६ लाख ७ हजार, ०७८/७९ मा २३ करोड १७ लाख १३ हजार रकम निकासा हुनुपर्ने छ।

तर, ०७३/७४ मा १६ करोड ५० लाख, ०७४/७५ मा २२ करोड ५० लाख र ०७५/७६ मा जम्मा ६ करोड बजेट निकासा भएको यादवले जानकारी दिए। आव ०७२/७३ मा विभागले नै करिब ४ करोड रकम खर्च गरेको उनले बताए। ‘झन्डै १ अर्ब बराबरको काम सम्पन्न गर्नुपर्ने समयमा जम्मा ४५ करोड रकम निकासा भएको छ,’ उनले भने, ‘त्यसमा कतिपय स्थानमा स्थानीयवासीकै अवरोधले पनि काम गर्ने वातावरण बनेन।’

स्थानीयको अवरोधदेखि मुद्दासम्म
पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण भारतीय सीमा कुनौलीसम्मको ५० किलोमिटरमध्ये कुनौलीतर्फबाट सुरु गरिएको माटो भर्ने काममा पहिलो वर्ष नै स्थानीयले अवरोध गरे।

सकरपुरा, तिलाठी र लौनियाँ क्षेत्रका स्थानीयवासीले २०२७/२८ को सर्वे नापीनक्साका आधारमा बाँध बनाउनुपर्ने भन्दै अवरोध गरेपछि काम अघि बढ्न सकेन। २०२७/२८ को सर्वे नापीको नक्सा अनुसार यो नदी अहिलेको बहाव क्षेत्रभन्दा पूर्वबाट बग्ने गरेको थियो। डिपिआर अनुसार अहिलेकै बहाव क्षेत्र भएर बाँध बन्नुपर्नेछ।

पटक–पटकको छलफलबाट पनि सहमति जुट्न नसकेपछि योजना अन्तर्गतको केही काम गत वर्ष अन्यत्र सारेर सम्पन्न गरिएको आयोजना कार्यालयले जनाएको छ। यस वर्ष अन्य क्षेत्रमा बाढीको जोखिम कम छ, तर कामै गर्न नपाएकाले तिलाठीको क्षेत्र बढी जोखिममा रहेको आयोजनाकै कर्मचारीहरु स्विकार्छन्। 

‘बाढी आए पनि अरु ठाउँमा पहिलाको जस्तो खोलो नै पस्ने अवस्था छैन,’ आयोजना प्रमुख यादव भन्छन्, ‘तर माथिल्लो क्षेत्रमा बाँधको काम भएकाले खोलो सोझिएर तिलाठी पुग्दा अवस्था के हुन्छ, अहिले नै भन्न सकिँदैन।’ 

पुरानै बहाव क्षेत्रबाट बाँध बनाउन दबाब दिन स्थानीयले सर्वोच्च अदालतमा दिएको रिट २०७३ फागुन ४ गते खारेज भयो। तर, पुनः उच्च अदालत जनकपुर, राजविराज इजलासमा रिट परेपछि काम अघि बढ्न सकेन। ‘आयोजना विरुद्ध जम्मा ५ वटा मुद्दा दर्ता भए,’ यादव भन्छन्, ‘तर, अहिले सबै मुद्दा खारेज भएका छन्, स्थानीयवासीले सहयोग गरे काम अघि वढ्छ।

आयोजनाविरुद्ध परेका रिटमध्ये २०७५ जेठ २७, मंसिर २ र त्यसको डेढ महिनाअघि ३ वटा मुद्दा खारेज भएको उनले जानकारी दिए।

चुरे क्षेत्रबाट सप्तरी हुँदै भारत प्रवेश गर्ने खाँडो खोला नियन्त्रण र व्यवस्थापनका लागि दुई देशको ‘संयुक्त प्राविधिक टोली’ले निरीक्षण सुरु गरेको छ। 

दुई देशीय प्राविधिक टोलीद्वारा नदी निरीक्षण
यसैबीच, भारत सरकारको गंगा फ्लड कन्ट्रोल कमिसन तथा नेपालस्थित सिँचाइ मन्त्रालय र विभागको प्राविधिक टोलीले सोमबारदेखि खाँडो नदीको निरीक्षण सुरु गरेको छ। भारतीय प्राविधिक टोलीको नेतृत्व सिकेएल दास र नेपाली प्राविधिक टोलीको नेतृत्व जल उत्पन्न प्रकोप नियन्त्रण विभागकी महानिर्देशक सरिता दवाडीले गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

यसअघि गत वर्ष असार १३ मा पनि नेपाल भारत संयुक्त टोलीले खाँडोको पैदलै निरीक्षण गरेको थियो। निरीक्षणमा नेपालको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप थापा र भारतको केन्द्रीय जलसंशाधन विभागका निर्देशक अजयकुमारको संयुक्त टोली सहभागी थियो।

२०७५ बैसाखमा काठमाडौंमा सम्पन्न प्राविधिक टोलीको बैठकपछि भारतीय पक्ष खाँडोको समस्याप्रति गम्भीर भएको खाँडो नदी नियन्त्रण आयोजना प्रमुख यादव बताउँछन्। 

के हो खाँडोको समस्या?
चुरे क्षेत्रको अप्राकृतिक दोहन, अतिक्रमण गरी तयार गरिएका पूर्वाधार, अव्यवस्थित बस्ती, चरिचरण, भूउपयोगको गलत अभ्यास लगायतका कारण चुरेको क्षयीकरण बढेको छ। जसका कारण बाढीसँगै बगेर आउने माटो, ढुंगा, गिटी र बालुवाले राजमार्गभन्दा दक्षिण खोलाको सतह बढेको छ। 

अधिकांश क्षेत्रमा खेतीयोग्य जमिन र बस्तीकै सतहमा खोलाको सतह पुगेकाले यो क्रम बर्सेनि बढ्दो छ। लौनियाँ क्षेत्रमा त गाउँभन्दा झन्डै एक मिटर माथिबाट खाँडो बगिरहेको अयोजना प्रमुख यादव बताउँछन्। यसका अतिरिक्त अतिक्रमणका कारण हरेक वर्ष तल्लो तटीय क्षेत्रमा खोलाको चौडाइ साँघुरो बन्दै गएको छ। नदीको बढ्दो सतह र तलतल साँघुरो बन्दै जाने नियमितताले खोलाको बाढीले धार छोडेर अन्यत्र प्रवेश गर्ने गरेको आयोजना प्रमुख यादव बताउँछन्।

प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६  ०६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्