काठमाडौं- काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेको छ।
बम देखिएको सूचना प्राप्त भएसँगै प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दैछ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीका अनुसार उक्त स्थानमा जडान गरिएको सिसिटीभी फुटेज हेर्दा बम हिजो साँझ नै राखिएको देखिएको छ।
बम डिस्पोज गर्नका लागि सेनाको टोली पनि लोत्से भवनमा पुगिसकेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।