काठमाडौं– राजधानीको सुकेधारा र घट्टेकुलोमा आइतबार दिउँसो विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ।
दुई ठाउँमा भएका विस्फोटमा परेर घाइते भएकालाई ओम अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ।
घाइतेमध्ये ५ जनालाई ओम अस्पतालमा लगिएको छ भने एक जनालाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ। ओम अस्पतालमा उपचाररतमध्ये ३ जनालाई आइसियुमा राखिएको छ।
अन्यको अवस्था सामान्य रहेको छ। यस्तै ट्रमा सेन्टरका निर्देशक डा प्रमोद यादवका अनुसार घाइतेको आकस्मिक कक्षमा आवश्यक उपचार भइरहेको छ।
विस्फोटमा परेका व्यक्ति सामान्य घाइते भएको र आवश्यक जाँच अगाडि बढाइएको उनले जानकारी दिए।
सुकेधारामा भएको बिस्फोट ग्यास पड्केको बताइए पनि घट्टेकुलोको विस्फोट बम विस्फोट भएको आशंका गरिएको छ।
घटनाहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।