काठमाडौं- राजधानीको घट्टेकुलोमा आइतबार दिउँसो भएको बम विष्फोटमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीले अनुमान गरेको छ।
घटनास्थलमा 'विप्लव' समूहको पर्चा भेटिएपछि उक्त समूहको संलग्नता रहेको आशंका गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।
उनका अनुसार घटनास्थलमा 'भोलिको बन्द सफल पारौं' भन्ने नारासहितको पर्चा भेटिएको थियो।
विष्फोट घरभित्रै गराइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
सोही विस्फोटमा परी एक जनाको निधन भएको भएको छ भने घाइते रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
विप्लवका विद्यार्थी नेता घाइते
विस्फोटन परी घाइते हुनेमध्ये एक जना विप्लवका विद्यार्थी नेता रहेको प्रहरीले जनाएको छ। 'घाइते भएका एक जना विप्लवका विद्यार्थी नेता भएको पाइएको छ,’ प्रवक्ता बोगटीले भने।
घटनामा घाइते भएका रविन केसी त्रिचन्द्र कलेजमा विप्लव माओवादीको विद्यार्थीका अध्यक्ष हुन्।
विप्लव माओवादीले जेठ १३ गते नेपाल बन्द आह्वान छ।
त्यसैको पूर्वसन्ध्यामा बम बनाउने तयारी गरिरहेका बेला बिस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।