काठमाडौँ- राजधानीको सुकेधारा र घट्टेकुलोमा आइतबार दिउँसो विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ।
(1).jpg)
महानगरीय प्रहरी परिसरका एसएसपी सहकुल थापाका अनुसार अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ। सुकेधाराको पुलछेउमा विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने घटनामा परी अन्य ४ जना घाइते भएका छन्।
.jpg)
उता राजधानीकै घट्टेकुलो पनि विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।
घटनास्थल भएको स्थानमा पुगेका नेपाल लाइभका सहकर्मी निमेषजंग राईका अनुसार एक जनाको शव फेला परेको छ। प्रहरीले घरको गेटभित्र बिस्फोट भएको बताएको छ।
(1).jpg)
सुकेधारामा भएको बिस्फोट ग्यास पड्केको बताइए पनि घट्टेकुलोको विस्फोट बम विस्फोट भएको आशंका गरिएको छ। घटनाहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरुको ओम अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
तस्बिरः निमेषजंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।