काठमाडौँ- काठमाडौँका २ स्थानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन्। सुकेधारा र घट्टेकुलोमा ग्यास सिलिन्डर विस्फोट भएको हो।
.jpg)
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो चोक नजिकै विस्फोट भएको हो।
सुकेधारा विस्फोटमा ६ जना र घट्टेकुलो सिलिन्डर विस्फोटमा २ जना घाइते भएको बोगटीले बताए।
.jpg)
बुढानिलकण्ठ नगरपालिका-४ सुकेधारास्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।