काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअघि भएको वार्मअफ खेलमा अफगानिस्तानले पाकिस्तानलाई हराएको छ। शुक्रबार भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको पाकिस्तान २ सय ६२ रनमा अलआउट भयो। पाकिस्तानका लागि बाबर अजामले १ सय १२ रन जोडे भने सोएब अलिले ४४ रनको योगादन दिए। बलिङमा अफगानिस्तानका मोहमद नाबीले ३ विकेट लिए।
२ सय ६३ रनको लक्ष्य अफगानिस्तानले २ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्यो। अफगानिस्तानको जितमा हस्मतुल्लाह साहिदीले नटआउट ७४ रन र जाजइले ४९ रनको योगदान दिए।
अर्को खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ८७ रनले हरायो। पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ३३८ रन जोड्यो। दक्षिण अफ्रिकाका लागि कप्तान फाप डु प्लेसिसले ८८ रन जोडे।
श्रीलंका ४२.३ ओभरमा २ सय ५१ रनमा अलआउट भयो। कप्तान दिमुख करुणारत्नेले ८७ रन जोड्नु बाहेक अन्यले उल्लेख्य रन बटुल्न सकेनन्। बलिङमा दक्षिण अफ्रिकाका फेह्लुक्वायोले ४ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।