काठमाडौँ- राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय कप क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी बल (एपिएफ)ले प्रदेश ३ लाई २८९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले ५० ओभर पूरा खेल्दै ९ विकेटको क्षतिमा २८८ रन जोड्न सफल भएको हो।
एपिएफका लागि सुमित महर्जन र कप्तान पृथु बाँस्कोटाले अर्धशतकीय इनिङ्स खेले।
सुमितले सर्वाधिक ९४ रनको योगदान दिए भने पृथुले ५९ रन बनाए। १०३ बल खेलेका सुमितले ६ छक्का र ५ चौका प्रहार गरेका थिए।
त्यस्तै ५८ बल खेलेको पृथुले १ छक्कासहित ३ चौका प्रहार गरे।
त्यसैगरी एपिएफका प्रदीप ऐरीले ४०, अमरसिह रौतेलाले २७, भुवन कार्कीले १५, शरद भेषवाकरले १२ तथा आशिफ शेखले सात रन जोडे।
बलिङतर्फ प्रदेश ३ का नन्दन यादव र जीतेन्द्र ठकुरीले समान तीन/तीन विकेट लिए भने पारस खड्का र सुर्य तामाङले समान एक/एक विकेट लिए।
विभिन्न १० टोली सहभागी उक्त प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।