फाइल तस्बिर।
राजविराज– समाजवादी पार्टी, नेपाल मधेश प्रदेश समितिले ३ जनालाई पदाधिकारीमा चयन गरेको छ।
समितिको शुक्रबारको निर्णय अनुसार उपाध्यक्षमा सर्लाहीका रामपृत पासवान, मुख्यसचिवमा सप्तरीका शम्भु झा र कोषाध्यक्षमा सिरहाकी रेणु यादवलाई चयन गरिएको छ।
प्रदेश समितिका अध्यक्ष विजयकुमार यादवले शुक्रबारै प्रेस विज्ञप्ति जारी गरी पादाधिकारी चयन गरेको जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।