काठमाडौं– तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले आर्मीले सानदार सुरुवात गरेको छ।
आर्मीले प्रदेश नं २ लाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा आर्मीले प्रदेश २ लाई जितका लागि २७९ रनको चुनौती दिएको थियो। जवाफी ब्याटिङ गरेको प्रदेश २ ले ३१.४ ओभरमा खेलेर १ सय ७ रन मात्र बनाउन सक्यो।
प्रदेश २ का लागि हरिशंकर साहले २१ रन जो भने सुधिर चौधरीले १५ रन बटसले। सांसद शेखले १६ रन बटुल्दा सुजल पटेलले ११ रन र रासिद खानले नटआउट १४ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा आर्मीका साहब अलामले ४ विकेट लिए भने सुशन भारीले ३ विकेट आप्नो नाममा लेखाए। जितेन्द्र मुखियाको नाममा २ विकेट रह्यो।
.JPG)
त्यसअघि आर्मीले ५० ओभर पूरै खेल्दै ९ विकेटको क्षतिमा २७८ रनको योगफल बनायो। टस हारेर पहिले ब्याटिङ गरेको आर्मीका लागि राजु रिजाल र कप्तान विनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेले। शुरुआती ब्याटम्यान राजुले ९० रन जोडे। उनले दुई छक्का र चार चौकाको मद्दतमा ९० रन बनाएका हुन्। त्यस्तै विनोदले ६१ बलमा ९ चौकासहित ६६ रनमा आउट भए। यसैगरी रोहित पौडेलले ४७, हरी चौहानले २६, सुशन भारीले १२ तथा करण केसीले ११ रनको योगदान दिए ।
बलिङमा प्रदेश २ का हरिशंकर साह एक्लैले ३ विकेट लिए भने राशिद खान, विवेक यादव र विशाल सुसलिङले समान १–१ विकेट लिए।
.JPG)
आजदेखि शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच गरेका थिए।
प्रतियोगितामा आर्मीका लागि तीव्र गतिका बलर सोमपाल कामी भने बिमारी भएका कारण प्रतियोगितामा सहभागिता जनाएका छैनन्।
दोस्रो दिन एपिएफ र प्रदेश ३ बीच खेल हुनेछ। पिच निर्माण नसकिएपछि मुलपानी मैदानमा पर्सीदेखि खेल हुनेछ।
प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ। जसमा समूह ए मा एपिएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी रहेका छन्। समूह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। प्रतियोगिताको विजेताले रु २० लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।