फाइल तस्बिर।
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेस गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जनसहित पारित हुने दाबी गरेका छन्।
प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुनको पक्षमा नरहेको पनि स्पष्ट पारे। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मिडियासम्बन्धी उजुरी परेमा त्यसको निरुपण गर्न अदालत जाने व्यवस्था गर्ने पनि बताए।
प्रवक्ता श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सहमतिको आधारमा मात्रै पारित हुने पनि स्पष्ट पारे। राष्ट्रियतालाई मूल आधार बनाएर सो विधेयक अघि बढाउने पार्टीको धारणा रहेको पनि प्रवक्ता श्रेष्ठको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।