काठमाडौं– पाकिस्तानी क्रिकेट खेलाडीका श्रीमती र परिवारले विश्वकप क्रिकेट प्रतियोगिताका दौरान खेलाडी बसेको होटलमा बस्न नपाउने भएका छन्।
इंग्ल्यान्ड र वेल्समा आगामी जेठ १६ देखि सुरु हुने विश्वकपका दौरान खेलाडीका श्रीमती र परिवारलाई सँगै बस्ने नदिने व्यवस्था पाकिस्तान क्रिकेट बोर्डले ल्याएको हो। श्रीमती र परिवार विश्वकपका लागि जान चाहेमा उनीहरुले आफ्नै व्यवस्थापनमा बस्नु पर्ने क्रिकेट बोर्डको भनाइ छ।
क्रिकेट बोर्डले खेलाडीलाई क्रिकेटमै केन्द्रित गराउन यस्तो नियम ल्याएको हो। परिवारसँग हुँदा खेलाडीको ध्यान अन्तै मोडिने क्रिकेट बोर्डको तर्क छ।
यसअघि परिवार र श्रीमतीलाई इंल्यान्ड विरुद्धको सिरिजमा भने सँगै बस्न दिइएको थियो। त्यस लगत्तै पाकिस्तानका टिम म्यानेजरले नयाँ व्यवस्थाबारे खेलाडीलाई जानकारी गराएका थिए।
पाकिस्तानले विश्वकपको सुरुवात मे ३१ मा वेस्ट इन्डिज विरुद्ध खेलेर गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।