नयाँदिल्ली– भारतीय लोकसभा चुनावमा भारतीय जनता पार्टी भारी बहुमतसहित विजयी भएको छ।
पछिल्लो मत परिणाम अनुसार भाजपा एक्लैले ३०३ सिटमा जित हासिल गरेको छ भने उसको गठबन्धन एनडिएले ३४८ सिटमा विजय प्राप्त गरेको छ।
भारतीय कांग्रेस पार्टी भने ५१ सिटमा समेटिएको छ। कांग्रेसको गठबन्धन युपिएले ९४ सिटमा चित्त बुझाएको छ भने कांग्रेसले १७ राज्यमा त खाता समेत खोल्न सकेन।
भारतीय लोकसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ। ५४२ क्षेत्रमध्ये अब ३६ क्षेत्रको मात्र मतपरिणाम आउन बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।