काठमाडौं- सरकार अमेरिकी राजदूत र्यान्डी बेरीलाई अन्तराष्ट्रिय प्रोटोकल अनुसार अभिव्यक्ति दिन सरकारले आग्रह गरेको छ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भने, ‘राजदूतको गफगाफ कार्यक्रमबारे सरकारको ध्यानार्काषण भएको छ। अन्तराष्ट्रिय मामिला सम्वन्धमा भएका प्रोटोकलहरु भित्रै रहेर आफ्ना अभिव्यक्ति दिनुहुन्छ भन्ने सरकारको आशा छ।’
सामाजिक सञ्जाल मार्फत अमेरिकी राजदूतले सर्वसाधारणसँग संवाद गर्नका लागि ‘गफगाफ’गर्ने बताएका थिए।
प्रहरीको गोली लागि भोजपुरमा मारिएका नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का कार्यकर्तालाई तीर्थराज घिमिरेलाई घुँडा मुनि गोली नहानिएको उक्त पार्टीको भनाई प्रति विमति राख्दै सरकारको बचाउ गरे। बाँस्कोटाले भने,‘गोली लागि सकेपछि कहाँ लाग्दा मर्छ, कहाँ लाग्दा मर्छ, हामी भन्न सक्दैनौं।’
संवादमा आउन विप्लवको नेकपालाई आग्रह गर्दै भने, ‘अबको गन्तव्य र बाटो के हो? स्पष्ट आओस्’ लोकतन्त्रको स्विकृत मान्यता भित्र आउन उनले आग्रह गरे।
प्रहरीले दोहोरो गोली हानाहानमा भएको बताएको छ। विप्लव नेकपाले प्रहरीले एकतर्फी गोली चलाएको जनाएको छ। उपचारको क्रममा घिमिरेको धरानमा मृत्यु भएको थियो।
अर्को प्रसंगमा जानकारी दिदैं बाँस्कोटाले खाली रहेका संवैधानिक आयोगहरुमा पदपुर्ति हुने वचन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।