काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले १७औं लोकसभा निर्वाचनमा जित हासिल गरेका छन्।
मोदीले उत्तर प्रदेशको वाणारसी र गान्धीले केरलाको वायनाडमाबाट चुनाव जितेका हुन्। अमेठीमा भने गान्धी भारतीय जनता पार्टीकी उपाध्यक्ष स्मृति इरानीभन्दा ८ हजारभन्दा बढी मत पछाडि छन्।
विश्वकै सबैभन्दा ठूलो मानिने भारतीय लोकसभा निर्वाचन कुल ७ चरणमा गरिएको थियो। ५ सय ४२ सिटका लागि भएको चुनावको मतगणना बिहीबार बिहान ८ बजेबाट सुरु भएको हो।
सन् २०१४ मा भाजपाले २ सय ८२ सिट जितेको थियो। सो समयमा भारतीय कांग्रेस केवल ४४ सिटमा खुम्चिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।