काठमाडौं– महानरीय प्रहरी वृत बालाजुका डिएसपी बालनरसिंह राणालाई १५ दिनभित्र जिल्ला अदालत काठमाडौं उपस्थित हुन आदेश दिइएको छ।
जिल्ला अदालत काठमाडौंले बुधबार उक्त आदेश जारी गरेको हो। अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई सक्कल कागजातसहित अबको १५ दिनभित्र अदालत उपस्थित हुन आदेश जारी गरेको हो।
गत बैसाख १५ गते जिल्ला अदालत काठमाडौंले महानगरीय प्रहरी वृत बालाजुसँग २०७१ चैत १२ गते बिना थापाले दायर गरेको निवेदनको सक्कल माग गरेको थियो।
तर, कार्यालय प्रमुख डिएसपी राणाले अदालतको उक्त आदेशको मान हानी गर्दै सक्कल निवेदन नपठाएको अबको १५ दिनभित्र कागजातसहित अदालत उपस्थित हुन आदेश दिएको हो।
अबको १५ दिनभित्र पनि उक्त निवेदनको सक्कलप्रति लिएर अदालतमा उपस्थित नभएको अवस्थामा १० हजार रुपैयाँ जरिवाना समेत लाग्ने अदालतले जनाएको छ।
उक्त जरिवाना आगामी महनिाको डिएसपी राणाको तलबबाट कट्टा गरिने आदेशमा उल्लेख छ।
सिरियल नम्बर १५३ डिटिओ १२१०५५ को पत्रअनुसार बिना थापाले डडेल्धुरामा २०७१ चैत २६ गते बहुविवाह मुद्दाबारे एक निवेदन दायर गरेकी थिइन्। उक्त निवेदनको क्षेत्राधिकार बालाजु भएको भन्दै डडेल्धुराले २०७४ सालमा बालाजु पठाएको थियो।
उक्त फाइल बालाजु वृतले अदालत नपठाएका कारण निकै पूरानो मुद्दाको काम कारबाही नै रोकिएको अदालतले जनाएको छ।
यसबारे बालाजु वृतका डिएसपी बालनरसिंह राणाले निवेदनको सक्कलप्रति डडेल्धुरासँगै रहेको र आउन ढिला भएकाले बुझाउन नसकिएको बताए।
अबको केही दिनभित्रै उक्त निवेदन आएपछि अदालत पठाउने डिएसपी राणाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।