फाइल तस्बिर- सगरमाथातर्फ जानुअघि प्रधानमन्त्रीद्वारा उचाइ नाप्ने टोलीको बिदाइपछि सामूहिक तस्बिर खिँचाउँदै।
काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि खटाइएको नापी विभागको टोली सगरमाथाको चुचुरोमा पुगेको छ। टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको बताइएको छ।
विभागका उपसचिव खिमलाल गौतम नेतृत्वको टोली शिखरतर्फ गएको थियो।
टोलीका सदस्य रविन कार्कीसहित क्लाइम्बिङ गाइड छिरिङजाङ्बु शेर्पालगायतले शिखरमा पुगेर 'जिएनएनएस जिपिएस सेट' गर्ने काम सम्पन्न गरेको विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले बताए।
सगरमाथाको उचाइ यसअघि विभिन्न देश तथा अन्तराष्ट्रिय निकायको पहलमा नापिए पनि यसपटक भने नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने काममा अग्रसरता देखाएको हो। ०७२ काे भूकम्पपछि सगरमाथाको उचाइ घटेको अडकलबाजी हुँदै गर्दा साे भ्रम तोड्नका लागि पनि सरकारी टोलीलाई त्यसतर्फ पठाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।