• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सुल्झियो प्रहरीलाई टाउको दुखाइ बनेको त्यो १ घन्टा १४ मिनेट, यस्तो थियो घटना

64x64
नेपाल लाइभ मंगलबार, जेठ ७, २०७६  २०:३६
1140x725

काठमाडौं- सुर्खेतका चन्द्रप्रसाद आचार्य हत्यामा संलग्न भएको आरोपमा प्रहरीले  ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर-६ बुद्धपथमा होटेल सञ्चालन गर्दै आएका नन्दकला विष्ट, उनका श्रीमान् कृष्ण विष्ट र छोरी बिन्दु विष्ट रहेको कर्णाली प्रदेशका डिआइजी महेशविक्रम शाहले बताए। 

हत्या भएका आचार्यले पनि होटल संचालन गर्दै आएका थिए। उनको गत फागुन १८ गते हत्या भएको थियो।

हत्या भएको दिन नन्दकला विष्टले संचालन गरेको पसल वरपर केही मानिस धेरै पटक आवात-जावत गरेको सिसिटिभिमा देखिएको थियो।

टहरोको आँखी झ्यालजस्तो भागबाट पटकपटक चियाएर भित्रबाहिर गरेको समेत देखिएको डिआइजी शाहले बताए। ९ बजेर ३७ मिनेटमा अन्तिम पटक पसलमा प्रवेश गरेको सिसिटिभिमा आचार्य देखिएका थिए।

तर प्रहरीले सो अनुसन्धान गर्न लामो समय लगाएको भन्दै परिवारले असन्तुष्टि राख्दै आएको थियो। 

हत्याको कारन भने खुलिनसकेको प्रहरिले जनाएको छ।

यस्तो थियो घटना
फागुन १८ शनिबार। बिदाको दिन। भेटघाट गर्ने भन्दै चन्द्रप्रसाद आचार्य श्रीमतीसँगै ससुराली गए। ससुराली पुगेका चन्द्रप्रसादलाई सन्चो भएन। उनी श्रीमती हरिकला आचार्यसहित घर फर्किए। 

Ncell 2
Ncell 2
nimb
nimb

सुर्खेतको वीरेन्द्रनगरको जुम्ला रोडमा आफ्नै चियानास्ता पसलमा आइपुगेपछि चन्द्रसादले श्रीमतीलाई घर पठाए। भोलि बिहानलाई तरकारी लिएर आउने बताएपछि चन्द्रप्रसादकी श्रीमती हरिकला एक्लै घरतर्फ लागिन्। 

चन्द्रप्रसादले पसल खोले। तरकारी लिएर घर आउने बताएका चन्द्रप्रसाद राति अबेरसम्म पनि घर फर्किएनन्। श्रीमानकै पर्खाइमा बसेकी चन्द्रप्रसादकी श्रीमती त्यतिबेला अर्धचेत अवस्थामा पुगिसकेकी थिइन्, जतिबेला चन्द्रप्रसादको शव घरमै आइपुगेको थियो।

श्रीमानको पखाइमा बसेकी हरिकलाले २४ घन्टापछि अर्थात् भोलिपल्ट फागुन १९ गते साँझ ५ बजे श्रीमानको शव आफ्नै घरको आँगनमै देखिन्। त्यसबेला केही प्रहरी र आफन्तले चन्द्रप्रसादको शव उनको घर पुर्‍याएका थिए।

चन्द्रप्रसाद आचार्य अर्थात् चियानास्ता पसले। सुर्खेतको वीरेन्द्रनगर-१ का ४५ वर्षीय व्यापारी चन्द्रप्रसाद अर्यालको हत्या भएको आज (मंगलबार) ६६ दिन पुगेको छ। उनको गत फागुन १८ गते हत्या भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वीरेन्द्रनगर-६ जुम्ला रोडमा चन्द्रप्रसादले चियानास्ता पसल सञ्चालन गर्दै आएका थिए। उनका एक छोरी र छोरा काठमाडौं बसेर पढ्छन्। चन्द्रप्रसाद र उनकी श्रीमती भने सुर्खेतमै चियानास्ता पसल सञ्चालन गर्दै आएका थिए।

सरकारी कार्यालय नजिक उनको पसल थियो। हत्या भएको दिन उनलाई ८ बजे पसल वरपर देख्नेमान्छे पनि छन्। उनको हत्या भएको ठाउँ नजिकै रहेको एउटा डेरी पसल र अस्पतालको सीसी टीभी फुटेजमा राति ८ बजेर ४६ मिनेट जाँदा चन्द्रप्रसाद कैद भएका छन्। त्यसपछिको १ घन्टा १४ मिनेटभित्र अर्थात् १० बजेर ३ मिनेटमा उनको हत्या भएको थियो। अहिले त्यही १ घन्टा १४ मिनेट अवधिको अनुसन्धान गर्न प्रहरीलाई निकै कठिन भएको छ। 

त्यो बीचमा उनी कहाँ गए? को-को आए? कसले हत्या गर्‍यो? किन गर्‍यो? जस्ता अनेकौं प्रश्नको उत्तर त्यही १ घन्टा १४ मिनेटभित्र मात्र फेला पर्न सक्छ। तर प्रहरीलाई यति छोटो समयको अनुसन्धान गर्न समेत निकै गाह्रो परेको अवस्था छ। 

फागुन १८ गते राति १० बजेर ३ मिनेटमा चन्द्रप्रसादको शव प्रहरीले अथिति होटल नजिकै बीच बाटोमा फेला पारेको थियो। उक्त सडक बजारको शाखा रोड हो। जहाँ दिउँसो मान्छे र गाडीको राम्रै ओहोरदोहोर हुन्छ। त्यहाँको भित्ता र कपडामा समेत रगतको टाटा लागेको थियो।  

चन्द्रप्रसादको शव भेटिएपछि प्रहरीले तत्कालै उनको शव पोष्टमार्टमको लागि सुर्खेतकै प्रदेश अस्पताल कालागाउँ पठाएको थियो। पोस्टमार्टम रिपोर्टअनुसार उनको छातिको एक भागको तीन वटा र अर्को भागको चार वटा गरी ७ वटा करङ भाँचिएको थियो। 

मुटु फुटेर इन्टर्नल ब्लडिङ भएकाले मृत्यु भएको जनाइएको छ। त्यस्तै गर्धनको हड्डी र एक वटा हात भाँचिएको थियो। बाहिर शरीरभर नीलडाम, टाउकाको पछाडि पट्टी दुई वटा गहिरो चोट छ। निकै दर्दनाक देखिन्थ्यो चन्द्रप्रसादको शव।

पोस्टमार्टमा चन्द्रप्रसादका आफन्तको उपस्थिति थियो। पोस्टमार्टम सकिएपछि फागुन १९ गते दिउँसो ५ बजे शव घर लगिएको चन्द्रप्रसादकी छोरी संगिताले बताएकी थिइन्।

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित बिहीबार, कात्तिक ५, २०८३
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्