• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेकपा महासचिवका ज्वाइँकै लागि ट्रमा सेन्टरमा नयाँ दरबन्दी, प्रक्रिया अघि नबढाउन लोकसेवालाई सर्वोच्चको आदेश

64x64
नेपाल लाइभ मंगलबार, जेठ ७, २०७६  १४:२७
1140x725

काठमाडौं- सरकारले राष्ट्रिय ट्रमा सेन्टरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका ज्वाइँकै लागि दरबन्दी सिर्जना गरेको पाइएको छ। 

पौडेलका ज्वाइँ डा गौरव ढकाललाई मिल्ने गरी स्वास्थ्य सेवाको पदपूर्ति नियम विपरीत नयाँ दरबन्दी सिर्जना गरी लोक सेवामार्फत् विज्ञापन समेत खुलाइएको पाइएको हो। 

डा ढकाल हाल ट्रमा सेन्टरमा नै करारमा कार्यरत छन्।

स्वास्थ्य सेवा सर्जरी समूह अन्तर्गत अर्थोपेडिक उपसमूहमा छुट्टै नयाँ उपसमूह बनाएर ‘स्पाइनल सर्जन’को दरबन्दी सिर्जना गरी विज्ञापन खुलाइएको छ। एउटा उपसमूहभित्र अर्को उपसमूह बनाएर स्वास्थ्य सेवा ऐनविपरीत नवौं तहमा दरबन्दी सिर्जना गरेको भन्दै चिकित्सकले यसको विरोध गरेका छन्।

सरकारले 'स्पाइन सर्जन'का लागि नवौं तहमा सिर्जना गरेको नयाँ दरबन्दीका लागि लोक सेवाले गत चैत २७ गते पदपूर्तिका लागि आवेदन माग गरेको थियो। 

संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणसमेत नगरी हचुवाका भरमा एक जना व्यक्तिलाई मात्र मिल्ने गरी नयाँ दरबन्दी सिर्जना गरिएको भन्दै सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सकहरुले विरोध गरेका छन्। 

स्वास्थ्य सेवा ऐन-२०५३ (संशोधनसहित)को दफा ८ मा नवौं तहमा विज्ञापन गर्दा ८० प्रतिशत आन्तरिक र २० प्रतिशत मात्र खुला प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था छ।

सरकारले हचुवाका भरमा एक जना व्यक्तिलाई मात्र मिल्ने गरी दरबन्दी सिर्जना गरी विज्ञापन समेत खुलाएपछि वीर, ट्रमा सेन्टर र निजी अस्पतालमा कार्यरत डाक्टरहरुले सर्वोच्च अदालतमा दुई मुद्दा दायर गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चले सोही मुद्दाका आधारमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र लोक सेवा आयोगलाई अन्तरिम आदेश जारी गर्दै तत्काल सो प्रक्रिया रोक्न ‍आदेश दिएको छ। यसका साथै सर्वोच्चले ती दुबै मुद्दामा दरबन्दी सिर्जना गर्नुको कारण देखाउन पनि सरकारलाई भनेको छ। 

पिएचडीसरहको तीन वर्षे कार्यक्रम र एक वर्षे तालिमको  हैसियत समान
डा ढकाललाई मिल्ने गरी सरकारले सिर्जना गरेको नयाँ दरबन्दीमा न्युरो सर्जरीपछि तीन वर्षे डिग्री एमसिएच (पिएचडीसरह)  र एक वर्षे तालिम (फेलोसिप)लाई समान हैसियतका रुपमा लिइएको छ। 

शैक्षिक योग्यताअनुसार स्पाइनल सर्जरी सेवा दिन अर्थोपेडिक तथा न्युरो सर्जन योग्य हुन्छन्। यी दुई विधा अध्ययनका क्रममा नै पाठ्यक्रममा स्पाइनसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक अभ्यास हुने गर्छ। यी सेवा दिन न्युरो सर्जनलाई स्पाइनसम्बन्धी तालिम (फेलोसिप) चाहिँदैन तर अर्थोपेडिक सर्जनका लागि भने स्पाइनमा तीनदेखि ६ महिनाको छुट्टै फेलोसिप आवश्यक हुन्छ। डा ढकालले स्पाइनमा १ वर्षको फेलोसिप गरेका छन्।

हाल खुला गरिएको विज्ञापनमा उनलाई मात्र मिल्ने गरी 'एक वर्षको फेलोसिप गरेको' भन्ने प्रावधान राखिएको छ। यो प्रावधानपछि उक्त दरबन्दीको विज्ञापनमा ३ देखि ६ महिनासम्मको फेलोसिप गरेका अर्थोपेडिक सर्जन योग्य नहुने भएका छन्। नेपालमा ३ देखि ६ महिनासम्मको तालिम लिएका जनशक्ति बढी छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

न्युरो सर्जरीमा स्नातकोत्तर गरेका विशेषज्ञ डाक्टरले यो विषयमा सोभन्दा माथिल्लो तहको तीन वर्षको 'एमसिएच' समेत गर्न सक्छन्। एमसिएच गरेका विज्ञ डाक्टर स्पाइन सर्जरीमा पूर्ण रुपमा सक्षम हुन्छन्। अर्थोपेडिक विषयमा स्नातकोत्तरपछि एमसिएच अध्ययन गर्ने व्यवस्था छैन।

तर, सरकारले अहिले सिर्जना गरेको नयाँ दरबन्दीमा तीन वर्षको एमसिएच र एक वर्षको तालिमलाई समान हैसियत दिइएको छ।

न्युरो सर्जरीमा एमसिएच गरेका डाक्टर सरकारले गरेको यो व्यवस्थापछि झनै चिढिएका छन्। ‘तीन वर्ष लगाएर पिएचडीसरहको अध्ययन गरेका विज्ञ डाक्टर र एक वर्षे तालिम लिएकाको योग्यता कसरी समान हुन्छ,' उनीहरुले प्रतिप्रश्न गरे, 'एक वर्षे तालिमलाई मान्यता दिने हो भने तीन वर्षको पढाइको के अर्थ रहन्छ?’

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित बिहीबार, कात्तिक ५, २०८३
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्