बाजुरा- एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको बाजुरामा नेकपा एमालेका उम्मेदवार लालबहादुर थापा विजयी हुने निश्चित भएको छ। पछिल्लो मत गणनाअनुसार थापाले २४ हजार ७ सय ८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविराज पण्डितले १८ हजार २ सय ५ मत पाएका छन्। बाजुरामा अब २ बुथका करिब २ हजार मत गन्न बाँकी छ। गन्न बाँकी मतभन्दा थापाको अग्रता बढी भएकाले उनको जित निश्चित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।