• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ७, २०८३ Mon, Nov 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ११, २०८३  १३:२५
1140x725

 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा नेपाली बलरको दबदबा रहेको छ । हालसम्म सम्पन्न तीनवटै खेलमा नेपाली बलर उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दी म्याचसमेत भएका छन् ।

उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम ठकुरी रहेका छन् । नेपाली बलरले स्थानीय ब्याटर मात्रै नभएर चर्चित विदेशी खेलाडीको समेत विकेट लिए ।

कात्तिक ९ गते भएको उद्घाटन खेलमा सुदूरपश्चिमविरुद्ध लुम्बिनीका बलर शेर मल्लले ४ ओभर बलिङ गर्दै ११ रन खर्चेर ३ विकेट चट्काए । यो खेलमा उनी प्लेयर अफ दी म्याच बन्दै ५० हजार पुरस्कारसमेत हात पारे । शेरले चर्चित विदेशी खेलाडी शेरफेन रदरफोर्ड, स्कट कुगेलेन र विनोद भण्डारीको विकेट लिएका हुन् । यो खेल लुम्बिनीले ७ विकेटले जित्यो ।

कात्तिक १० गते भएको पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिडे । यो खेलमा चितवन ८ रनले विजयी भयो । चितवनलाई जिताउन कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २६ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए ।
आफ्नो टिमलाई जिताउन महत्त्वपूर्ण भूमिका निभाएका कमल उत्कृष्ट खेलाडी चुनिँदै ५० हजार पाए । कमलले आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, रुपेश सिंह र बसिर अहमदको विकेट पाएका हुन् ।

कात्तिक १० गते नै भएको अर्को खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले स्तब्ध पार्दै कर्णालीले सुखद सुरुआत गर्‍यो । कर्णालीको जितमा बलर युनिशले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका युनिशले २२ रन खर्चेर ३ विकेट झारे । खेलका प्लेयर अफ दी म्याच चुनिँदै उनले ५० हजार जिते । युनिशले हर्मित सिंह, जेमी निशम र आदित्य महताको विकेट लिए ।

टप फाइभमा पनि नेपाली बलर

हालसम्मको बलिङ कार्ड हेर्दा उत्कृष्ट पाँचमा नेपाली बलर नै अगाडि देखिन्छन् । एकजना मात्रै विदेशी खेलाडी टप फाइभमा छन् भने अन्य चार बलर नेपाली रहेका छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

सबैभन्दा बढी विकेट लिनेमा नेपाली बलर किशोर महतो रहेका छन् । लुम्बिनीका किशोरले एक खेलमा २२ रन खर्चेर ४ विकेट लिँदै बलरहरूको सूचीमा पहिलो नम्बरमा छन् ।

यस्तै, एक खेलबाटै २६ रन खर्चेर ४ विकेट नै लिएका चितवनका कमलसिंह ऐरी दोस्रो नम्बरमा रहेका छन् । समान एक खेलबाट ३ विकेट लिएका लुम्बिनीका शेर मल्ल तेस्रो, ३ विकेट नै लिएका जनकपुरका विदेशी खेलाडी हर्मित सिंह चौथो र कर्णालीका युनिश विक्रम सिंह पाँचौं स्थानमा अटाएका छन् । युनिशले पनि एक खेलबाट ३ विकेट हात पारेका थिए ।

ब्याटिङमा विदेशी अगाडि

ब्याटिङमा भने विदेशी खेलाडी शीर्ष स्थानमा देखिएका छन् । चितवन राइनोजका डेभिड मलानले एकै इनिङबाट ७० रन जोड्दै शीर्ष स्थानमा रहेका छन् । उनी जारी संस्करणमा पहिलो अर्धशतक हिर्काउने खेलाडीसमेत हुन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एक खेलबाटै ४३ रन बनाएका कर्णालीका अरिफुल स्लाम दोस्रो र लुम्बिनीका डार्सी सर्ट ४० रन बनाउँदै तेस्रो स्थानमा रहेका छन् ।
चौथो र पाँचौं स्थानमा भने नेपाली ब्याटर रहेका छन् ।

३९ रन बनाएका विराटनगरका इमरान शेख चौथो र कर्णालीबाट ३७ रन बनाएका पवन शराफ पाँचौं स्थानमा रहेका छन् ।
यसैबीच, प्रतियोगितामा उच्च स्कोर बनाउने टोलीमा चितवन छ भने कम स्कोर बनाउने टोली सुदूरपश्चिम रहेको छ । चितवनले १५७ रन बनाएर उच्च स्कोर बनाउने टिममा पर्दा सुदूरपश्चिम ८७ रन बनाएर कम स्कोर बनाउने टोली बनेको छ ।

प्रतियोगितामा लुम्बिनी २ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम पुछारमा छ । आठ टोलीमध्ये काठमाडौं र पोखराको खेल हुन बाँकी छ । अन्य टिमले एक–एक खेल खेलिसकेका छन् ।

आज एकमात्र खेल हुने

जारी प्रतियोगिताअन्तर्गत आज एक खेल मात्रै हुने तालिका रहेको छ । साँझ ५ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । यसअघिका दुई संस्करणमा सुदूरपश्चिमले पोखरालाई हराएको थियो ।

कप्तान कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरा यसपटक सुदूरपश्चिममाथि जित निकाल्ने लक्ष्यमा हुनेछ । जारी संस्करणको पहिलो खेलमै हार बेहोरेको सुदूरपश्चिम आज पुनरागमन गर्न चाहन्छ ।

सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको छ । लगातार दुई संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा छ । पोखरा भने यसअघि प्लेअफसम्म पुग्न नसकेको इतिहास बदल्न चाहन्छ ।

कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । फाइनल भिडन्त मंसिर ५ गते हुनेछ । च्याम्पियन बन्ने टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख, तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ । यस्तै, सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्नेछ ।

पहिलो संस्करणको उपाधि जनकपुरले जित्दा दोस्रोमा लुम्बिनी च्याम्पियन बनेको थियो । यसअघिका दुवै संस्करणमा सुदूरपश्चिम फाइनलमा पराजित भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ?
माइक्रोबस चोरेको आरोपमा दुई जना पक्राउ
राति पाटनका टोलमा किन पुगे कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्री?
सम्बन्धित सामग्री
भारत ‘ए’लाई पाकिस्तान ‘ए’ले दियो ३१४ रनको लक्ष्य, टसमा पनि भएन हात मिलान कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ५० ओभरमा सबै विकेट गुमाए... आइतबार, मंसिर ६, २०८३
यूएईलाई हराउँदै नेपालले एसिया कपमा खोल्यो जितको खाता आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । आइतबार, मंसिर ६, २०८३
चौथो अध्यक्ष कप क्रिकेटको उपाधि वडा नं.४ लाई सिरहाको नवराजपुर गाउँपालिकामा आयोजित चौथो अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ को उपाधि वडा नं.४ ले जितेको छ । फाइनलमा वडा नं.५ लाई ४... आइतबार, मंसिर ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
माइक्रोबस चोरेको आरोपमा दुई जना पक्राउ आइतबार, मंसिर ६, २०८३
राति पाटनका टोलमा किन पुगे कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्री? आइतबार, मंसिर ६, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ दिशा दिने भारतीय कुटनीतिज्ञको तर्क आइतबार, मंसिर ६, २०८३
बहराइनमा इरानी आक्रमण : दुई जना घाइते, साउदी, यूएई र कतारद्वारा निन्दा आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे आइतबार, मंसिर ६, २०८३
रिजन ढकालले पाए कार शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्