सोलुखुम्बु– सोलुखुम्बुको प्रतिनिधिसभा निर्वाचन मतपरिणाममा माओवादीका हेमकुमार राईले ४ हजार मतले अग्रता लिएका छन्। राईले १३ हजार ३ सय ७ मत पाएका छन्। कांग्रेसका बलबहादुर केसीले ९ हजार ३ सय ८८ मत प्राप्त गरेका छन्।
प्रदेश सभाको दुवै क्षेत्रमा पनि वाम गठबन्धका उम्मेदवार अघि छन्। प्रदेश कमा बामका उत्तमकुमार बस्नेतले ७ हजार ३ सय ७७ मत प्राप्त गरेका छन् भने कांग्रेसका प्रकाशसिंह कार्कीले ५ हजार १ सय ८८ मत पाएका छन्। प्रदेश खमा बामका बुद्धीकुमार राजभण्डारी ७ हजार ४ सय ३१ तथा कांग्रेसका अाङगेलु शेर्पाले ५ हजार ७ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।