महेन्द्रनगर- कञ्चनपुरमा प्रतिनिधिसभातर्फ जारी मतगणनामा वाम गठबन्धनले अग्रता लिएको छ।
क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणना अनुसार गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ३ सय ७६ मत ल्याएकी छिन् भने कांग्रेसका दिवान विष्टको १ सय ९४ मत छ।
यस्तै, कञ्चनपुर २ मा एमालेका नरबहादुर धामीले ९ सय ९३ ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार एनपी साउदले ६ सय ५ मतसहित पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।