भरतपुर– चितवन क्षेत्र नम्बर १ को प्रतिनिधिसभाको मतगणना रोकिएको छ। मतगणनामा चितवन १ का निर्वाचन अधिकृत प्रमेश्वर पराजुलीले खैरहनी र गोटेश्वरको मतगाणना भइँरहँदा मतपत्रमा स्वस्तिक छापको विषयलाई लिएर मत बदर गरेपछि कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले अदालत जाने भन्दै मतगणना बहिस्कार गर्ने बताएपछि मतगणना रोकिएको हो।
मतपत्रको विषयमा विवाद भएपछि निर्वाचन अधिकृत प्रमेश्वर पराजुलीले आफ्नो निर्णय नै अन्तिम हुने बताएपछि मतगणना कार्य बहिस्कार गरेको कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले बताए । उनले आफू न्यायका लागि अदालत जाने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।