स्याङजा– स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा विवादका कारण अझै मतगणना हुन सकेको छैन। कांग्रेस र एमालेबीचको विवादका कारण मतगणना हुन नसकेको हो।
कांग्रेसले २ स्थानमा बुथ कब्जा गरेको आरोप लगाउँदै एमालेले पुन: मदतानको माग गरेको छ। कांग्रेसले मतगणना सुरु गर्न माग गर्दै निर्वाचन अधिकृतमाथि दुर्व्यवहार गरेपछि अहिले प्रहरी परिचालन गरिएको छ। यहाँ कांग्रेसबाट गोपालमान श्रेष्ठ र वाम गठबन्धन तर्फबाट एमालेकी पद्मा अर्याल चुनावी प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।