जुम्ला प्रदेश क्षेत्र (ख)मा वामगठवन्धनवाट नेकपा एमालेका पदम वहादुर रोकाया विजयी भएका छन्।
उनले निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका भिमनिधी हमाललाई ५ हजार एक सय ७८ मतले पछि पार्दै विजयी भएको मूख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।
विजयी रोकायाले १० हजार ४ सय ५८ मत प्राप्त गरेर जीत हाँसिल गरेको उनले बताएका छन् । नेपाली काग्रेसका हमालले ५ हजार २ सय ८० मत प्राप्त गरेका छन् । यस्तै नेमकिपाका गोर्ख वहादुर वुढाले १ हजार तिन सय ३० मत प्राप्त गरेका छन् ।
राप्रपा प्रजातान्त्रिकले २ सय ९ मत प्राप्त गरेको छ । ५ सय ४४ मत वदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।