काठमाडौं- नियम विपरीत जहाज उडाएको उजुरी परेपछि नेपाल वायु सेवा निगमका अपरेसन विभाग प्रमुख तथा एयरबस-३२० का पाइलट आरके शेरचनसँग स्पष्टीकरण माग गरिएको छ।
शेरचनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उजुरी परेपछि स्पष्टीकरण माग गरेको हो।
शेरचनको विरुद्धमा नेपाल एयरलाइन्सका एक जना पाइलटले प्राधिकरणमा गोप्य उजुरी गरेको थिए।
प्राधिकरणले शेरचनलाई १ हजार घन्टाभन्दा कम उडेको को-पाइलटसँग उडान नगर्ने भन्दै २०७५ मंसिरमा जारी गरेको पत्र भन्दा बाहिर गएर उडान गरेको भन्दै उजुरी परेको थियो।
उजुरीमा पाइलट शेरचनले ५ सय घन्टा मात्रै उडान भरेको को-पाइलटसँग काठमाडौं-दिल्ली उडान गरेको उल्लेख थियो।
पाइलट शेरचनले अप्रिल ६ मा ५ सय घन्टा पनि नउडेका को-पाइलट अनुप मानन्धरसँग काठमाडौं-दिल्ली उडान गरेका थिए।
प्राधिकरणले शेरचनालाई १० वटा सेक्टरमा १ हजार घन्टा भन्दा कम उडेका को-पाइलटसँग उडान नगर्ने भने पनि उनले जबरस्ती आफैँ अपरेशन विभागको प्रमुखको हैसियतामा जहाज उडाएका थिए।
प्राधिरणले भने १० वटा सेक्टरमा १ हजार भन्दा बढी उडान भरेको को-पाइलटसँग उडान गरेपछि प्रशिक्षक पाइलटको सिफारिसमा मात्रै उडान गर्न भनेको थियो।
तर, शेरचनले १० वटा सेक्टर उडान गरेपछि पनि एयरबस ३२०को प्रशिक्षक पाइलटसँग कुनै सिफसिर लिएका थिएन।
प्राधिकरणले उपमहानिर्देशक राजन पोखरेलले उजुरी परेपछि शेरचनसँग स्पष्टीकरण माग गरेको बताए। सत्य तथ्य छानबिन पछि आउने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।