काठमाडौं- चालू आर्थिक वर्षको पहिलो ९ महिना अवधिमा मुलुकको अर्थतन्त्र औसतभन्दा कम सन्तोषजनक देखिएको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अधिकांश आर्थिक सूचक नकारात्मक रहेको देखाएको हो।
यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.४ प्रतिशत रहेको छ भने औसत मुद्रास्फीति ४.२ प्रतिशत छ।
आयातको वृद्धिदर २१ दशमलव ३ प्रतिशत र निर्यातको वृद्धिदर १६ दशमलव ९ प्रतिशत रहेको छ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २० दशलमलव ९ प्रतिशत र अमेरिकी डलरमा ९ दशलमव ५ प्रतिशतले बढेको छ।
शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोड रुपैयाँ बराबरले घाटामा रहेको छ।
कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ५० अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ।
बैंकिङ्ग कारोबारमा आधारित सरकारी खर्च ७ दशमलव ३ प्रतिशतले घटेको छ भने राजस्व संकलन १९ दशमलव ५ प्रतिशतले बढेको छ।
विस्तृत मुद्राप्रदाय ९ दशमलव ३ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १७ दशमलव ७ प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १० दशमलव ६ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा १६ दशलमव ५ प्रतिशतले बढेको छ।
वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १९ दशलमव ८ प्रतिशत र कर्जाको वृद्धिदर २२ दशमलव १ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।