नुवाकोट– नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार रामशरण महत १ हजार ७४ मतले पछाडि परेका छन् ।
महतले ५ हजार ५ सय ५९ मत ल्याएका छन् । वाम उम्मेदवार माओवादी केन्द्रका हितबहादुर तामाङले उनको भन्दा बढी ६ हजार ६ सय ३३ मत ल्याएका छन् ।
यसैगरी, नुवाकोट १ मा प्रदेशसभा (क) मा कांग्रेसका महेन्द्र थिङले २ हजार १६, माओवादी केन्द्रकी राधिका तामाङले २८ सय ६३ र प्रदेशसभा (ख) मा कांग्रेसका रमेश महतले २२ सय ९७ र एमालेका बद्री मैनाली ४५ सय ९३ मत ल्याएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।