काठमाडौं– प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको हालसम्म घोषित २० क्षेत्रको नतिजामा कांग्रेसले दुई स्थानमा मात्र जित हासिल गरेको छ।
रसुवाको प्रदेशसभा ‘क’ मा जित हासिल गरेसँगै नेपाली कांग्रेसले दुई स्थानमा सिट पक्का गरेको हो।
लोकतान्त्रिक गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रभात लामा रसुवा क बाट विजयी भएका छन्। वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार कर्न्याल लामालाई उनले एक हजार ८ सय २४ मतान्तरले पराजित गरेका हुन्।
यसअघि हिमाली जिल्ला मनाङबाट कांग्रेसले खाता खोलेको थियो। मनाङको प्रदेशसभा क बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई पराजित गर्दै कांग्रेसका चिन्तबहादुर घलेले जित हासिल गरेका थिए।
यो पनि : ११ स्थानमा एमालेको जित, अन्यमा कसले जिते? ( सूचीसहित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।