गोरखा- प्रतिनिधिसभा सदस्य अन्तर्गत गोरखा क्षेत्र नम्बर-२ मा नयाँ शक्तिका बाबुराम भट्टराईले अग्रता कायमै राखेका छन्। पछिल्लो मत गणना अनुसार भट्टराईले वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई १५ सय ९० मतले पछाडि पारेका छन्। भट्टराईले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने श्रेष्ठले ९ हजार ७ सय ४९ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।