ललितपुर– ललितपुर क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार नवराज सिलवालले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले १ हजार ५४ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले ८ सय ६८ मत ल्याएका छन् ।
ललितपुर क्षेत्र नम्बर २ मा पनि एमालेले मतअन्तर फराकिलो बनाउँदै लगेको छ । पछिल्लो मत परिणामअनुसार क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार कृष्णलाल महर्जनले १३ हजार ७ सय ६५ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्र महर्जनको ८ हजार ५ सय ३ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।