• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

टाउकोमा चोट लाग्दा स्मरणशक्ति किन गुम्छ?

64x64
नेपाल लाइभ आइतबार, जेठ ५, २०७६  १४:५५
1140x725

कुनै व्यक्ति दुर्घटनामा पर्छ। दुर्घटनामा टाउको ठोक्किँदा उसले आफ्ना सबै विगत भुल्छ। आफ्नै नाम, ठेगाना, घर, परिवार, आफन्त पनि बिर्सन्छ। आफन्तले उसको विगत सम्झाउन अनेक प्रयास गर्छन्। तर, सक्दैनन्। त्यही व्यक्ति फेरि कुनै दुर्घटनामा पर्छ वा अन्य केही कारणले टाउकोमा चोट लाग्छ। त्यसपछि उसको गुमेको स्मरणशक्ति फिर्ता हुन्छ।

यस्ता दृश्यहरु हामीले चलचित्रमा धेरै नै देख्ने गरेका छौं। चलचित्रका पात्रहरुमा भएको यस्तो घटना के साँच्चै वास्तविक जीवनमा पनि हुन्छ? 

चलचित्रमा देखाएझैँ टाउको ठोक्किएपछि व्यक्तिले आफ्नो सबै विगत भुल्ने र फेरि अर्को पटक ठोक्किएपछि फर्कने भन्ने हुँदैन। तर, टाउकोमा चोट लाग्दा उसको दिमागमा पर्न गएको क्षतिअनुसार केही समयको वा केही कुराहरु भने उसले भुल्न सक्छ। मस्तिष्कमा रहेको स्मरणशक्तिको केन्द्रमा परेको असरअनुसार व्यक्तिले निश्चित अवधिको सम्झना भने भुल्ने गर्छन्। कथाहरुमा जस्तो अर्को पटक टाउको ठोक्किएपछि फेरि सबै सम्झना फर्कंने भन्ने चाहिँ हुँदैन।

टाउकोमा चोट (हेड इन्जुरी) लाग्दा मानिसको स्मरण शक्तिमा हुने असरलाई दुई प्रकारमा वर्गीकरण गर्ने गरिन्छ। एउटा रेक्टोगेट एम्नेजिया र अर्को एन्टेरो गेड एम्नेजिया। 

रेक्टोगेड एम्नेजियामा दुर्घटना हुनुभन्दा अगाडिको निश्चित समयसम्मको कुनै पनि कुरा याद हुँदैन। बिरामीलाई दुर्घटना कति बेला भयो, केके भयो केही सम्झना हुँदैन। उसलाई घरबाट हिँडेकोसम्म वा घरमा कपडा लगाइरहेकोसम्म याद हुनसक्छ तर त्यसपछि कहाँ, केके भयो भन्ने थाहा नहुने हुन्छ।

एन्टेरोगेड एम्नेजियामा दुर्घटना भएको एक हप्तासम्म पनि केही थाहा नहुन सक्छ। यो बीचमा केके भयो भन्ने कुरा बिर्सिने हुन्छ। केही समयको लागि सबै मेमोरी लस हुन्छ। 

मस्तिष्कमा परेको क्षतिअनुसार बिर्सने समस्या

मस्तिष्क भनेको कम्प्युटर जस्तै हो। मस्तिष्कमा थुप्रै स्मरण केन्द्रहरु हुन्छन्। तीमध्ये टाउकोमा लागेको चोटका आधारमा कहाँ, कति असर गरेको छ त्यहीअनुसार स्मरण शक्ति गुम्ने समस्या देखिन्छ। कोही व्यक्तिमा मानिस नचिन्ने समस्या हुनसक्छ। केहीमा समय नै याद नहुने पनि हुन्छ। मानिसले केही कुरा तथा काम गरेको हुन्छ तर मस्तिष्कको केन्द्रमा परेको असरका आधारमा उक्त कुरा मस्तिष्कमा संकलन भएर बस्न नसक्ने हुनसक्छ।

Ncell 2
Ncell 2

धेरैजसोमा तत्कालै भुल्ने समस्या हुन्छ। जस्तो भर्खरै चिया खाएको छ तर एकछिन पछि चिया खाएको छु भन्ने नै याद हुँदैन। चोटका कारण धेरै क्षति भएको छ भने मस्तिष्कले जे कुरा स्मरण गरेर राखेको थियो, त्यो कहिले पनि नसम्झँने समस्या पनि हुनसक्छ। केहीमा २/३ महिनापछि सम्झने शक्ति फर्कने पनि हुन्छ।

कहिलेकाहीँ टाउकोमा थोरै मात्र चोट लाग्दा पनि स्मरणशक्ति गुम्न सक्छ। कुनै बेला धेरै ठोक्किँदा पनि केही समयका लागि मात्र स्मरण शक्ति गुम्ने हुन्छ। त्यसलाई पोस्ट कन्कसन सिन्ड्रोम भनिन्छ। यो समस्या २४ घन्टापछि फर्कन्छ। स्मरणशक्ति गुम्दा लङ टम मेमोरी खराब भएको हँुदैन। धेरैजसो हेड इन्जुरीका बिरामीले पुराना कुरा गर्ने तर भर्खर घटेका घटना बिर्सने गर्छन्। 

दुर्घटना वा अन्य कारणले टाउकोमा हुने चोटलाई क्लोज र ओपन गरी दुई प्रकारमा बाँडिएको छ। चोट लाग्दा मस्तिष्क हल्लिएर वा क्षति भएर स्मरण गुम्ने हुन्छ। हेड इन्जुरी भएकामध्ये एक तिहाइमा स्मरण शक्ति गुम्न सक्छ।

हेड इन्जुरीलाई तीन भागमा विभाजन गर्न सकिन्छ। माइल्ड हेड इन्जुरी, मोड्रेट हेड इन्जुरी र सिभिएर हेड इन्जुरी। सय जना हेड इन्जुुरी भएका बिरामीमध्ये ८० जना बिरामीमा माइल्ड हेड इन्जुरी भएको पाइन्छ। माइल्ड इन्जुरी भनेको न्यूनतम चोट लागेको भन्ने बुझिन्छ। 

१० देखि १५ प्रतिशत बिरामीलाई मोड्रेट हेड इन्जुरी भएको पाइन्छ भने ५ प्रतिशत बिरामीलाई सिभिएर हेड इन्जुरी भएको पाइन्छ। माइल्ड हेड इन्जुरीमा स्मरण शक्ति गुम्ने वा कम हुने समस्या १० प्रतिशत हुन्छ, जसलाई पोस्ट कन्कसन सिन्ड्रोम भनिन्छ। मोड्रेट टु सिभिएर हेड इन्जुुरीमा एक तिहाइ बिरामीमा स्मरण शक्ति गुम्ने गर्छ। 

हेड इन्जुरी भएर स्मरणशक्ति गुम्ने समस्यालाई निम्न वर्गमा विभाजन गर्न सकिन्छः 

– इमिडेट मेमोरी लस (तुरुन्तै स्मरणशक्ति गुम्ने)

– सर्ट टम मेमोरी लस (छोटो समयको लागि स्मरणशक्ति गुम्ने)

– लङ टम मेमोरी लस (लामो समयको लागि स्मरणशक्ति गुम्ने)

– टोटल मोमोरी लस (सम्पूर्ण स्मरणशक्ति गुम्ने)

हेड इन्जुरीका बिरामीमा इमिडेट मेमोरी लस र सर्ट टम मेमोरी लस बढी हुन्छ। 

इमिडेट मेमोरी लसः इमिडेट मेमोरी लसमा बिरामीलाई आफ्नै अगाडि राखेको चिज कहाँ राखँे भन्ने पनि याद आउँदैन। राखेको सामान वा भनेको कुरा तुरुन्तै बिर्सने समस्या हुन्छ।

सर्ट टम मेमोरी लसः सर्ट टम मेमोरी लसमा ३० मिनेटभित्र वा एक घन्टाभित्र गरेको कुरा बिर्सने हुन्छ। जस्तैः किनमेल गर्नका लागि बजार निस्किएको व्यक्तिले बजार पुगेपछि के गर्न आएको हो भन्ने बिर्सने समस्या। एक तिहाइ बिरामीमा यस्तो समस्या देखिन्छ। 

यो ठूलो समस्या हो। यस्ता बिरामीमा अन्य समस्या पनि उत्पन्न हुन्छन्। जस्तैः कुनै पनि कुरामा ध्यान नदिने, समाजमा घुलमिल नहुने, समाजिक हिसाबले सुरक्षित महसुस नगर्ने। 

हेड इन्जुरीमा पोस्ट कन्कसन सिन्ड्रोम पनि एक प्रकारको एम्नेजिया नै हो। यो समस्या धेरैजस्तो खेलाडी, बक्सरहरुमा देखिन्छ। खेलाडीले खेल्दा बलले लाग्छ तर चोट लागेको कुरा उनीहरुलाई थाहा नै हुँदैन। थोरै समयको लागि मेमोरी लस हुन्छ तर खेल्ने समयमा मलाई चोट लागेको थियो भनेर पछि मात्र याद आउँछ। धेरै पटक खेलाडीमा यस्तो समस्या देखियोे भने पछि डेमेन्सिया, अल्जाइमर्स, पार्किन्सन लाग्ने सम्भावना बढी हुन्छ। 

लङ टम मेमोरी लसः मस्तिष्कमा परेको क्षतिअनुसार बिरामीमा लामो समयसम्मका लागि स्मरण शक्ति गुम्ने हुन्छ। पुराना, बितेका घटनाहरु, पुराना साथीभाइ, इष्टमित्र नसम्झने हुन्छ। लङ टम मेमोरी लस सिभियर हेड इन्जुरी भएका बिरामीमा पाइन्छ। डिमेन्सिया, अलजाइमर्स भएका बिरामीमा यस्तो समस्या देखिन्छ।

टोटल मोमोरी लस : यसमा बिरामीको सम्पूर्ण स्मरण शक्ति गुम्ने हुन्छ। उनीहरुले हाल र विगतमा घटेका तथा भएका घटना केही पनि याद गर्न सक्दैनन्। आफ्नै साथीभाइ र आफन्तलाई पनि चिन्दैनन्। उनीहरु जिउँदो मूर्तीजस्तो हुन्छन्। टोटल मेमोरी लस पनि सिभियर हेड इन्जुरी, डिमेन्सिया, अल्जाइमर्स, मेनिनजाइटिस, ब्रेनट्युमर, पारकिन्सोनिजम, स्ट्रोक आदि रोगमा देखापर्छ।

स्मरणशक्ति गुमेकालाई के गर्ने ?
स्मरणशक्ति गुम्नु भनेको बिरामी आफैंलाई मात्र नभई समाज, परिवार र राज्यका लागि पनि ठूलो चुनौती हो। यस्तो समस्याले गर्दा बिरामी, परिवार, समाज र राज्यले विभिन्न समस्या झेल्नु पर्छ। हेड इन्जुरीका बिरामीलाई निको बनाउन लाखौँलाख खर्च गर्नुपर्छ। कसैलाई निको नै नहुने पनि हुन्छ। त्यसले परिवारमा थप चुनौती थपिदिन सक्छ।

यस्ता बिरामीलाई समाजमा घुलमिल बनाउन के गर्न सकिन्छ त ? यस्ता बिरामीको स्मरणशक्ति बढाउन हालसम्म औषधिहरु आविष्कार भएका छैनन्। फिजियोथेरापी गराउने वा पुनस्र्थापना केन्द्र (रिह्याव सेन्टर) मा लागेर सुधारको प्रयास गर्न सकिन्छ।

स्मरणशक्ति गुमेका केही बिरामीलाई सबै कुराहरु सुरुदेखि नै सिकाउनुपर्ने हुन्छ। त्यसका लागि फिजियोथेरापी, स्पिच थेरापी तथा अन्य स्किल थेरापीको सहयोग लिनुपर्छ। 

कुनै बिरामीमा भने परिवारको साथ र सहयोगका कारणले दिमागको सेल विकास भएपछि विस्तारै स्मरण शक्ति फर्किएर आँउछ। त्यसकारण यस्ता बिरामीमा परिवार तथा समाजको साथ, माया र सहयोग आवश्यक पर्छ।

यस्तो समस्या भएका बिरामीमा समाजमा घुलमिल हुन नसक्ने, आफ्नो लागि आफैं निर्णय गर्न नसक्ने समस्या आउन सक्छ। उनीहरुलाई न्युरोलोजिस्ट, साइकोलोजिस्टको सहायताले ठिक बनाउन सकिन्छ। 

हेड इन्जुरीका कारणले कोमामा गएका बिरामीबाहेक होस्मा आइसकेका तर स्मरण शक्ति नभएका बिरामीलाई निको हुन ६ महिनाको समय दिइएको हुन्छ। ६ महिनाभित्र भएन भने निको बनाउन गाह्रो हुन्छ। निको हुने बिरामीको ६ महिनाभित्र नै ९० प्रतिशत निको हुने सम्भावना हुन्छ भने ६ महिनापछि १० प्रतिशत मात्र सम्भावना हुन्छ। 

यस्ता समस्यामा उमेरले धेरै फरक पार्छ। भर्खरको उमेर छ भने निको हुने सम्भावना बढी हुन्छ। उमेर घर्किइसकेको छ भने निको हुने सम्भावना कम हुन्छ।

(वरिष्ठ न्युरो सर्जन डा शर्मा मेडिसिटी अस्पतालमा कार्यरत छन्।)

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण मंगलबार, फागुन १९, २०८२
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज होली पर्व मनाइँदै मंगलबार, फागुन १९, २०८२
मौन अवधि सुरु : केके गर्न पाइँदैन ? मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्