काभ्रे– काभ्रेमा शुक्रबार साँझबाट मात्र मतगणना सुरु हुने भएको छ । जिल्लाको दुर्गम डाडाँपारी क्षेत्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याएपछि मतगणनाको तयारी सुरु भएको छ ।
डाँडापारी क्षेत्रबाट हेलिकप्टरबाट मतपेटिका सदरमुकाममा ल्याइएको काभ्रेका एसपी सहकुल थापाले बताए ।
मतपेटिका ल्याएपछि सर्वदलिय बैठक बसेर मतगणना गर्न लागिएको छ । साँझ ५ बजेमात्र मतगणना गर्न लागिएको छ । धुलिखेलस्थित शैक्षिक तालिम केन्द्रमा मतगणना गर्न लागिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।