काठमाडौं- प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको हालसम्म घोषित १९ क्षेत्रको अन्तिम नतिजामा वाम गठबन्धनबाट एमालेको वर्चस्व रहेको छ।
१९ क्षेत्रको नतिजामा एमालेले प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ७ ठाउँमा गरी ११ स्थानमा विजय हासिल गरेको छ। माओवादीले प्रदेश र प्रतिनिधिसभा गरी ५ स्थानमा जित हात पारेको छ। कांग्रेस भने १ सिटमा सीमित हुन पुगेको छ।
एमाले (प्रतिनिधिसभा)
मनाङ- पाल्देन छोपाङ गुरुङ
मुस्ताङ- प्रेमप्रसाद तुलाचन
बझाङ- भैरवहादुर सिंह
म्याग्दी- भूपेन्द्रबहादुर थापा
एमाले (प्रदेशसभा)
मुस्ताङ क- इन्द्रधारा विष्ट
मुस्ताङ ख- महेन्द्रबहादुर थकाली
डोल्पा क- नन्दसिंह बुढा
हुम्ला क- दलबहादुर रावल
म्याग्दी ख- नरदेवी पुनमगर
बाजुरा क- बलदेव रेग्मी
बझाङ क- अर्जुनबहादुर थापा
माओवादी (प्रतिनिधिसभा)
रुकुम पूर्व- कमला रोका
माओवादी (प्रदेशसभा)
रुकुम पूर्व क- तेजबहादुर वली
रुकुम पूर्व ख- पूर्णबहादुर घर्ती
बझाङ ख- देवकी मल्ल
म्याग्दी क- विनोद केसी
कांग्रेस (प्रदेशसभा)
मनाङ क- चिन्तबहादुर घले
स्वतन्त्र उम्मेदवार
मनाङ ख (प्रदेशसभा) - राजीव गुरुङ
हुम्ला (प्रतिनिधिसभा)- छक्कबहादुर लामा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।