सुनसरी– सुनसरीको ४ वटा प्रतिनिधिसभा निर्वाचनको मत गणना ३ बजेदेखि सुरु हुने मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी दिएका छन्।
सुनसरीको क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका हेभिवेट उम्मेदवार विजय गच्छदारको प्रतिस्पर्धा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीसँग हुँदैछ। यस्तै, बहालवाला अर्थमन्त्री ज्ञानेन्द्र कार्की पहिलो पल्ट सुनसरीबाट निर्वाचन प्रतिस्पर्धामा छन्। उनी क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका उम्मेदवार रमेश श्रेष्ठसँग प्रतिस्पर्धा गर्दैछन्।
गत निर्वाचनमा विजयी नेपाली कांग्रेसका सीताराम मेहता वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार हिमाल सुवेदीसँग प्रतिस्पर्धामा छन्। क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले समर्थन गरेको संघीय समाजवादी फोरमका अशोक राईसँग वाम गठबन्धनका तर्फबाट एमालेका जयकुमार राई प्रतिस्पर्धामा उत्रिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।