ललितपुर– ललितपुर क्षेत्र नम्बर २ मा एमालेले मतअन्तर फराकिलो बनाउदै लगेको छ । पछिल्लो मत परिणामअनुसार क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार कृष्णलाल महर्जनले ४ हजार ४७ मतले अगाडि छन् । उनको ११ हजार ५ सय १० मत छ । उनका प्रतिस्पर्धी कांग्रेसका चन्द्र महर्जनको ७ हजार ४ सय ४४ मत छ । ललितपुर क्षेत्र नम्बर १ मा पनि एमालेका नवराज सिलवालले अग्रता लिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।