हुम्ला– हुम्लामा स्वतन्त्र उम्मेदवार प्रतनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ८४ सय ९१ मतसहित छक्क बहादुर लामा बिजयी भएका हुन् ।
नेपाली कांगे्रसका उम्मेदवारलाई ४७ मतान्तरले पराजित गर्दै उनी बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मंगल बहादुर शाहीले ८४ सय ४४ मत मात्र ल्याए । छक्क बहादुर बाम गठबन्धनका बागी उम्मेदवार हुन् । बाम गठबन्धनका उम्मेदवार छिमी दोर्जेले २८ सय ५६ मत मात्र प्राप्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।