बाबियाचौर, म्याग्दी- म्याग्दीको प्रदेशसभा क बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित भएका छन्।
वाम गठबन्धनबाट उम्मेदवार बनेका केसीले कांग्रेस-राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई २ हजार ५२६ मत अन्तरले पराजित गरे।
केसीले १४ हजार ७०४ र उनका प्रतिस्पर्धी गौचनले १२ हजार १७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पञ्चायतकालमा २ पटक राज्यमन्त्री, जिल्ला पञ्चायत सभापति समेत भइसकेका ७७ वर्षीय गौचनलाई पराजित गर्दै केसी प्रदेश नं ४ मा सम्भवत कम उमेरको सांसद बनेका छन्। बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।