नेपालगञ्ज- बाँकेमा दिउँसो १ वजेबाट मतगणना सुरु भएको छ।
प्रतिनिधिसभाका ३ क्षेत्र रहेको बाँकेका ३ स्थानमा मतगणना भइरहेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना फरकफरक स्थानमा भइरहेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए।
बाँकेमा २ लाख ७६ हजार मतदातामध्ये १ लाख ९५ हजार ६ सय ४० (करिब ७१ प्रतिशत) मतदान भएको छ। क्षेत्र १ (क) मा ३२ हजार ८४१, प्रदेश (ख) ३७२१९ गरी जम्मा ७० हजार ६० मत खसेको छ। प्रतिनिधिसभा क्षेत्र २ (क) मा ३० हजार ९०१, प्रदेश (ख) मा २८ हजार २७२ गरी ५९ हजार १७३ र प्रतिनिधिसभा क्षेत्र ३ प्रदेश (क) मा ३५ हजार ६९० र प्रदेश (ख) मा ३१ हजार ९४४ गरी जम्मा ६७ हजार ६३४ मत खसेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।