झापा– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत झापाका ५ वटै निर्वाचन क्षेत्रको मतगणना दिउँसो १ बजेदेखि सुरु भएको छ।
झापाबाट क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी ओली र क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको भाग्य परीक्षा हुँदैछ। यस्तै, झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका सुरेन्द्र कुमार (राम) कार्की र नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा छ।
सिटौला क्षेत्र नम्बर ३ मा राप्रपा नेपालका राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धा गर्दैछन्। यस्तै, क्षेत्र नम्बर ५ बाट केपी ओलीसँग नेपाली कांग्रेसका खगेन्द्र अधिकार प्रतिस्पर्धामा छन्।
क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट एमालेकी पवित्रा खरेल र नेपाली कांग्रेसका उद्धव थापा प्रतिस्पर्धा गर्दैछन्। क्षेत्र नम्बर ४ बाट बाम गठबन्धनका तर्फबाट एमालेका एलपी साँवा र कांग्रेसका देउकुमार थेबे प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।