धनुषा– धनुषा ३ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतोले सुरुवाती अग्रता लिएका छन्। महतोले १ हजार ३१ मत प्राप्त गरेका छन्। कांग्रेसका विमलेन्द्र निधिले ५ सय ४२ मत पाएका छन्।
कांग्रेसको भावी नेतृत्वको दाबी गरिरहेका निधि र राजपाको शीर्ष नेतृत्वमा आफूलाई स्थापित गर्न प्रयासरत महतोको भिडन्तले धनुषा ३ लाई चर्चामा छ।
धनुषा निर्वाचनमा निर्णायक भनिएका सञ्जय साहको समर्थन कांग्रेसका निधिलाई छ। वाम गठबन्धनले सहयोगले ढुक्क देखिएका महतोले आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।