गोरखा- प्रतिनिधिसभा सदस्यका लागि गोरखा-२ मा जारी मतगणनामा नयाँ शक्तिका बाबुराम भट्टराईले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठसँगको अग्रता फराकिलो पार्दै लगेका छन्। पछिल्लो मतगणना अनुसार डा भट्टराईले ८ हजार ९ सय ९५ मत प्राप्त गरेका छन्। उनले आफ्ना प्रतिस्पर्धी श्रेष्ठलाई १७ सय ७६ मतले पछाडि छाडेका छन्। श्रेष्ठको ७ हजार २ सय १९ मत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।