गोरखा- गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नयाँ शक्ति पार्टीका उम्मेदवार बाबुराम भट्टराईले अग्रता बढाएका छन्।
पछिल्लो परिणाम अनुसार लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका उनले ८ हजार ७ सय ९५ मत ल्याए। उनका प्रतिस्पर्धी वाम गठबन्धनका माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठले ७ हजार २ सय १९ मत ल्याएका छन्।
अहिलेको नतिजामा बाबुराम १५ सय ७६ मतले अगाडि देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।