बाजुरा– पहिलो चरणको निर्वाचन भएका जिल्लाहरुमा कमजोर देखिएको नेपाली कांग्रेस बाजुरामा पनि पछि परेको छ । पछिल्लो अपडेट अनुसार कांग्रेसका उम्मेदवार करिब एक सय मतले पछि परेका छन् ।
एमालेका लाल बहादुर थापाले १० हजार ७ सय ६१ ल्याएका छन् भने कांग्रेसका कविराज पण्डितले १० हजार ६ सय २५ मत ल्याएका छन् । यसअघि बाजुरामा पण्डितले अग्रता लिइरहेका थिए । प्रदेशसभामा दुवै क्षेत्रमा बाम गठबन्धनकै उम्मेदवार फराकिलो मतअन्तरले अगाडि छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।