• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

काठमाडौं मलकाे भाडाबापतको १२ करोड सञ्चय कोषमा नपुग्दै गायब

संघका पूर्वपदाधिकारी र काेषका कर्मचारीमाथि करोडौं हिनामिनाको आरोप
64x64
नेपाल लाइभ बिहीबार, जेठ २, २०७६  १५:१०
1140x725

काठमाडौं– कर्मचारी सञ्चय कोषद्वारा सञ्चालित सुन्धारास्थित 'काठमाडौं मल'काे भाडाबापतको १२ करोड रुपैयाँ केही व्यक्तिको मिलेमतोमा गायब पारिएको खुलेको छ। द काठमाडौं मल व्यापार संघका तत्कालीन पदाधिकारीहरु र सञ्चय कोषका कर्मचारीको मिलेमतोमा उक्त रकम गायब पारिएको भन्दै संसदको लेखा समितिमा उजुरी परेको छ।

संघका पदाधिकारीले २०७१ साल मंसिरदेखि २०७२ असोजसम्मको भाडा त्यहाँका व्यवसायीबाट उठाई आफैंले हिनामिना गरेको देखिएको हो। तत्कालीन समयमा ठेक्का प्राप्त गरेका प्रविर शमशेर राणालाई सञ्चय कोषले उक्त रकम बुझाउन ताकेता गरेपछि याे रहस्य खुलेको हाे।

कर्मचारी सञ्चय कोषले काठमाडाैं मलकाे ११ महिनाको भाडाबापतकाे रकम प्राप्त नगरेपछि मलको भाडा भुक्तानी गर्ने ठेकेदार राणाविरुद्ध २०७२ साल भदौमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकाे थियाे। उक्त मुद्दामा सुनुवाइ गर्दै ललितपुर जिल्ला अदालतले काेषलाई काठमाडाैं मलकाे ११ महिनाको भाडाबापतकाे १२ करोड ६६ लाख ४ सय ३० रुपैयाँ राणाले तिर्नुपर्ने ठहर गरेकाे थियाे।

अदालतको ठहरपछि राणाले द काठमाडौं मल व्यापार संघसँग ११ महिनामा उठाएको रकमकाे दाबी गरेका थिए। सञ्चय काेषकाे ताकेतापछि तत्कालीन समयमा भडा असुलीका लागि ठेक्का सम्झाैता गरेका राणाले चैत्र ८ मा काेषले भनेबमाेजिम रकम भुकतानी गरिदिन भन्दै व्यापार संघको नयाँ नेतृत्वलाई पत्र लेखेका थिए।

२०७२ मंसिर ५ मा आफू र द काठमाडौं मल व्यापार संघबीच व्यापार संघले भाडा उठाउने गरी सम्झौता भएको उनले पत्रमा जनाएका छन्। साथै उक्त सम्झौता सञ्चय कोषले समेतले स्वीकारेको पत्रमा उल्लेख गरिएकाे छ।

मलबाट प्रतिमहिना १ करोड ५० लाख रुपैयाँ उठ्ने गरेको उल्लेख गर्दै व्यापार संघसँग ११ महिनामा उठाएको १६ करोड ५० लाख रुपैयाँको उनले हिसाब मागेका छन्। उक्त रकमबाट व्यवस्थापन खर्च कटाएर १२ करोड ६२ लाख ६५ हजार ९ सय ७८ रुपैयाँ सञ्चय कोषलाई बुझाउनु पर्ने तर नबुझाएको उनले स्पष्ट रुपमा पत्रमा उल्लेख गरेका छन्।

संघले उनीसँग मलको भाडा उठाएर कोषलाई तिर्ने सम्झौता गर्दा व्यापार संघको अध्यक्षमा समित उद्दिन सेख थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सेख नै अध्यक्ष हुँदा संघले भाडा उठाएर सञ्चय कोषलाई तिर्ने सम्झौता राणासँग गरेको संघकै २०७२ असोज १९ मा कर्मचारी सञ्यय काेषलाई लेखेकाे पत्रले दर्शाउँछ।

साे पत्रमा २०७१ मंसिरदेखि २०७२ असारसम्मको ६ करोड १८ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ बुझाएको उल्लेख छ र थप ३ महिनाकाे भाडा २ कराेड ३२ लाख कुमारी बैंककाे गुड फर पेमेन्टकाे चेकबाट बुझिलिन भनिएकाे छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसरी संघले भाडा बुझाएकाे बताए पनि काेषले भने भाडाबापतकाे रकम नपाएकाे बताएँदै आएकाे छ। अदालतले समेत काेषले भाडााबपतकाे रकम नपाएकाे भन्दै साे रकम भुक्तानी गर्न राणाका नाममा आदेशसमेत जारी गरेकाे छ।

एक जनाको नाममा करोडसम्म निकासी
पुरानाे कार्यसमितिकाे आयव्य विवरण हेर्दा भने नयाँ तथ्य खुलासा हुन्छ। संघको कुमारी बैंक र सिनर्जी फाइनान्सकाे खाताकाे स्टेटमेन्ट जाँच गर्दा समितिका पदाधिकारीले नै कराैडाैं रुपैयाँ झिकेकाे देखिन्छ।

संघको खाताबाट मनलाग्दी रकम झिकेको देखिएको वर्तमान अध्यक्ष शुष्मा महरा पनि स्वीकार गर्छिन्। महराका अनुसार ती खाताहरुको हिसाबकिताब उनीहरुले लेखा परीक्षणका समयमा समेत देखाएका छैनन्।

संघको कुमारी बैंक, सिनर्जी फाइनान्स र शान्ति सन्देश सहकारीमा समेत खाता रहेको छ। संघका ती खाताबाट तत्कालीन कोषाध्यक्ष प्रकाश थापाले मात्रै एक करोड ३४ लाख ८ हजार ८९ रुपैयाँ झिकेको देखिएको वर्तमान अध्यक्ष महरा बताउँछिन्। अध्यक्ष समिर उद्दिन सेखले मात्रै ५४ लाख ७२ हजार ५ सय रुपैयाँ झिकेका छन्।

त्यस्तै प्रथम उपाध्यक्ष मधुसुदन आचार्यले एक करोड ८८ लाख ३४ हजार ५, द्वितीय उपाध्यक्ष सन्तोष अधिकारीले ९९ लाख ७ हजार ५ सय र महासचिव खिम विक्रम सेनले ४ लाख १८ हजार झिकेकाे देखिन्छ।

हालकी अध्यक्ष महराले संघकाे अन्य दुई बैंकमा समेत खाता रहेकाे बुझिएकाे भए पनि वर्तमान कार्यसमितिलाई साेबारे जानकारी नगराइएको दाबी गरिन्।

बैंक स्टेटमेन्टमा उक्त कारोबार देखिए पनि संघको लेखापरीक्षण गराउँदाको ‘क्यास फलो स्टेटमेन्ट’मा भने उक्त रकम देखिएको छैन। २०७२ असारदेखि २०७३ असारसम्मको कारोबारमा जम्मा ७ हजार ३५ ब्यालेन्स रहेको देखाइएको छ।

लेखा समितिमा उजुरी
संघका पूर्व पदाधिकारीसहित कर्मचारी सञ्चय कोषका तत्कालीन कर्मचारीलले उक्त रकम अपचलन गरेको भन्दै संसदको लेखा समितिमा उजुरी गरिएको छ। कोषबाट ठेकेदारले कब्जा गरेर चलाएको भन्दै मुद्दा दायर गरिए पनि संघकै पदाधिकारीले मल चलाएको कोषका कर्मचारीलाई अवगत रहेकाे उजुरीमा दाबी गरिएकाे छ।

संघबाट कोषलाई भाडाबापत दिइएको भनिएको १२ करोड कर्मचारी र संघका पदाधिकारीको मिलेमतोमा अपचलन भएको उजुरीमा बताइएको छ। उजुरीमा २८ महिनामा व्यापार संघले मल सञ्चालन गर्दा ५० करोडमाथि घोटाला गरेको उल्लेख गर्दै ५२ महिनाको रकम नउठाई सरकारलाई १ अर्बभन्दा बढी हानी नोक्सानी पुर्‍याएको उल्लेख छ।

यस्ताे छ उजुरीमा उल्लेख गरिएकाे घाेटालाकाे विषय
१) २०७१-०८-०५ मा पुरानाे ठेकेदार प्रविर शमशेर राणा र द काठमाडाैं मल व्यापार मलबीच सम्झाैता गरी व्यापार संघले मल सञ्चालन गरेकाे प्रमाण देखिए पनि उल्टै राणाले नै कब्जा गरी चलाएकाे भनी कर्मचारी सञ्चय काेषले ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरी जिति उक्त अवधिमा संघले मल सञ्चालन गरेकाे र उठेकाे रकम सञ्चय काेषका कर्मचारी र व्यापार संघका पदाधिकारी मिलि व्यापार संघकाे खातामा रहेकाे र कर्मचारी सञ्चाय काेषकाे खातामा समेत गइसकेकाे १२ कराेडभन्दा माथि अपचलन गरेकाे।

२) जम्माजम्मी २८ महिना व्यापार संघले मल सञ्चालन गर्दा ५० कराेडभन्दा माथि घाेटाला गरेकाे।

३) मल सञ्चालनमा ५२ महिनामा ठेकेदारहरुसँग रकम नउठाई सरकारलाई १ अर्बभन्दा माथि हानिनाेक्सानी पुर्‍याएकाे। 

उक्त घोटाला पुष्टि हुने केही प्रमाणसमेत समितिलाई दिइएको एक सांसदले बताए।

व्यापार संघले काेषलाई भाडाबापतकाे रकम बुझाएकाे, काेषालले भाडा वापतकाे रकम नपाएकाे तथा संघकाे वर्तमान कार्यसमतिले पछिल्ला अडिट रिपाेर्टमा काेषलाई रकम दिइएकाे नखुलाइएकाे बताइरहँदा बीचमै साे बापतकाे रकम गायब पारिएकाे स्पष्ट हुन्छ। यसमा स्वयं काेषका कर्मचारी तथा संघका तत्कालीन कार्यसमितिकाे समेत संलग्नता रहेकाे हुन सक्ने आशंका गरिएकाे छ।

प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
कांग्रेस सभापति गगन थापाले लिए शपथ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्