काठमाडौं– काठमाडौंको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिए लगत्तै मतपेटिका संकलन तीव्र पारिएको छ।
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतपेटिका संकलन गरी गणनास्थलमा पुर्याउने काम भइरहेको छ।
मतपेटिका संकलन गर्न समय लाग्ने भएपछि काठमाडौंका सबै निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि सुरु गर्ने तयारी गरिएको छ।
मतपेटिका बुझ्न समय लाग्ने तथा दक्षिणकाली, दहचोक, चन्द्रागिरि लगायत स्थानबाट मतपेटिका ल्याउने समय लाग्ने भएकाले राजनीतिक दल र निर्वाचन अधिकारीबीच शुक्रबार मात्र मतगणना गर्ने सहमति भएको हो।
राजधानीमा विभिन्न मतदान केन्द्रमा निर्वाचन कर्मचारीहरु मतपेटिका बुझेर गन्तव्यमा पठाउँदै गरेका यी तस्बिरहरु:







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।