काठमाडौं- ७८ लाख घुस काण्डमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक मंगलबार विशेष अदालतमा उपस्थित भएका छन्।
भ्रष्टाचार मुद्दामा थुनछेक बहसका लागि पाठक अदालत हाजिर भएको अदालतले जनाएको छ।
पाठकको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलिरहेको छ।
बयानपछि मंगलबार नै थुनछेकको लागि सुनुवाइ हुनेछ। उक्त बहसपछि इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी माग्ने वा साधारण तारेखमा राख्न निर्णय गर्नेछ।
उनीसँगै प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने फरार छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्वआयुक्त पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
सम्बन्धित समाचार
घुस प्रकरणमा मुछिएका अख्तियार आयुक्त पाठकले दिए राजीनामा
पाठक घुस प्रकरण : के राजीनामा दिँदैमा भ्रष्टाचारबाट उन्मुक्ति पाइन्छ?
अख्तियार राजनारायणसँगै सती नजाओस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।